Butwal Today

रूपन्देहीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

रूपन्देही, ९ असोज ।

बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित सडकमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

घटनास्थलमा लु ५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा देवदह नगरपालिका–१० भलुही बस्ने ३८ वर्षीय विद्या शाही रहेको प्रहरीले जनाएको छ ।

घाइते भएकी शाहीको उपचारको क्रममा सिद्धबाबा अस्पताल, बुटवलमा निधन भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।