© 2026
काठमान्डौ, ९ असोज ।
दसैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रुहरूको चापलाई व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीसहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बसेको छलफलमा यस्तो निर्णय गरिएको हो ।
छलफलमा सहभागी वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा कममा टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यात्रुको चाप बढ्ने आकलन गरिएको अवस्थामा प्राधिकरणले सुरक्षाको प्रत्याभूतिसहित वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहज वातावरण मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।