Butwal Today

नवलपरासीमा प्रहरीको सुरक्षा योजना : यात्रु सहायता कक्ष सहित पेट्रोलिङ टिम परिचालन 

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

नवलपरासी,पश्चिम् । 

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले चाडपर्व नजिकिए सँगै थप सुरक्षा व्यवस्था मजबुत बनाउन नागरिक सहायता कक्षको स्थापना गरेको छ । प्रहरीले बर्दघाटस्थित टिसिएन चोक, भूमही, परासीको बाइपास चोक र सीमा क्षेत्रको महेशपुरमा यात्रु र नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

प्रहरीले जिल्लाको सम्भावित  सुरक्षा चुनौतीलाई  ध्यानमा राख्दै हतियार सहितको क्रस पेट्रोलिङ टिम समेत परिचालन गरेको सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए । प्रहरीले सादा पोसाकका प्रहरी समेत खटाएको उनले बताए ।

“हामीले अपराधीक गतिविधि नियन्त्रण, बढी भाडा असुल्ने, तीव्र गतिमा सवारी चलाउने र चाडबाडमा वित्तीय सङ्घ संस्था बन्द हुने, विभिन्न घटना घट्न सक्ने भएकाले पनि त्यसको निगरानीका लागी सुरक्षा योजना बनाएका छौ, जसमा २७ वटा क्विक मोटरसाइकल टिम समेत छन्” पन्तले भने ।

चाडपर्वलाई लक्षित गर्दै मातहत युनिटका ५१३ प्रहरीलाई विभिन्न रुपमा पैदल गस्ती सहित परिचालन गरिएको पन्तले जानकारी दिए ।खुला सीमा, सीमित,जनशक्ति र श्रोत साधनको अभावमा प्रहरीलाई थप चुनौती समेत बढ्ने गरेको छ ।