Butwal Today

एक हप्तासम्म नेपालमा मनसुन सक्रिय रहने

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ९ असोज ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी एक हप्तासम्म नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

जोशीले सन् २०२७ सम्ममा सबै नेपालीसम्म विपद् पूर्वसूचना पुर्‍याउने लक्ष्य रहेको बताए । यसअन्तर्गत विभागले दैनिक रूपमा जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी उनले दिएका छन् ।

उनले विभाग, विश्व मौसम संगठन र कार्डबीचको सहकार्यअनुसार सबै नेपालीसम्म विपद् पूर्वसूचना पुर्‍याउने काम भइरहेको बताए । सोही सहकार्यअनुसार विभागले नियमित रूपमा पूर्वसूचना प्रदान गर्दै आएको उनको भनाइ छ ।

महानिर्देशक जोशीले विभागद्वारा प्रवाह गरिने पूर्वसूचना र मौसम पूर्वानुमान, बाढी पूर्वानुमानमा बुझाइमा एकरूपता आवश्यक रहेको पनि बताएका छन् । उनले भने, “विभागको प्राविधिक जानकारी र जनतामा प्रवाह हुने सूचनामा भिन्नता देखिएमा विभागमाथि प्रश्न उठ्ने गर्दछ ।