Butwal Today

मन्त्री घिसिङद्वारा पुनर्निर्माण कोषमा योगदानका लागि सर्वसाधारणलाई आह्वान

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

 काठमाडौँ, ९ असोज ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सर्वसाधारण, सङ्घसंस्था र निजी क्षेत्रलाई आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको हो ।

सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति पनि गठन गरिसकेको छ । समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गरेर प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणको काम प्रारम्भ गर्ने तयारी गरेको मन्त्री घिसिङले जानकारी दिएका छन् ।

उनका अनुसार हालै भएका आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनः निर्माण प्राथमिकताका साथ अघि बढाइने छ । साथै उनले सबै नागरिक, निजी क्षेत्र र विकास साझेदारहरूलाई राष्ट्रहितको यस अभियानमा सहकार्य गर्न अनुरोध गरेका छन् ।