© २०२३
काठमान्डौ, ९ असोज ।
लगातार चार दिनसम्म बढ्दो क्रममा रहेको सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा दुई लाख २३ हजार रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६८५ रुपैयाँ पुगेको छ ।
हिजो चाँदीको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ थियो ।