© २०२३
काठमान्डौ, ९ असोज ।
निर्वाचन आयोग आज बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकले मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।
सरकारले बुधबार मतदाता नामावली खुलाउने उद्देश्यसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको कार्यान्वयन गर्दै आयोगले आज दिउँसो बैठक बसेर मतदाता नामावली संकलन सुरु गर्ने विषयमा औपचारिक निर्णय गर्नेछ ।
आयोगले तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्ने योजना बनाएको छ । आयोगले अनलाइन मार्फत पनि मतदाता नाम दर्ता गर्न सकिने व्यवस्था तयार पारेको छ ।
आयोगले कार्यविधि तयार पारेको छ, जसअनुसार नागरिकहरूले कहाँबाट, कहिले सम्म र कसरी मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् भन्ने स्पष्ट निर्देशिका दिइनेछ । आयोगले यस कार्यविधि पास गरेर छिट्टै कार्यान्वयनको तयारी गरेको जनाएको छ ।