Butwal Today

शासकीय प्रणाली परिवर्तन वर्तमान सरकारको कार्यक्षेत्रभित्र पर्दैनः प्रधानमन्त्री कार्की

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन आफू नेतृत्वको वर्तमान सरकारको कार्यक्षेत्रमा नपर्ने बताएकी छन्।

संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने दबाबमा रहेकी प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने स्पष्ट पारिन्।

‘नेपालको संधिवान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षत्र भन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत आम परिवर्तनका पक्षधर नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भइ संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहान्छु’ उनले सम्बोधनका क्रममा भनिन्।