© २०२३
काठमाडौँ ।
ताइवानमा आएको शक्तिशाली आँधी ‘रागासा’ का कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, एक सय २० जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन् ।
मुसलधारे वर्षा र बाढीका कारण पूर्वी हुवालियनस्थित गुआङ्फु शहरको एक ताल फुट्दा ठूलो क्षति भएको हो ।
ताल फुटेपछि आएको बाढीले बस्तीहरू डुबानमा परेका छन् । ‘रागासा’ आँधी ताइवानमा प्रभाव पार्दै अहिले दक्षिण चीनतर्फ सर्दै गएको छ । आँधीका कारण हङकङ र दक्षिण चीनका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज विद्यालयहरू बन्द गरिएको छ ।
चीनको ग्वाङ्दोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसमविद्का अनुसार ‘रागासा’ ग्वाङ्दोङमा प्रवेश गर्ने सम्भावना छ । यसअघि यो आँधीले फिलिपिन्समा पनि ठूलो असर पारेको थियो ।