© २०२३
बर्दिया,८ असोज ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ संगम बस्तीका दुई बालिका मृत आवस्थामा फेला परेका छन् ।
उनीहरुको गुलरिया नजिकै रहेको बबई नदिमा नुहाउन गएको बेला नदिमा दुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्वर २ संगम बस्तकिा दुर्गा शाही र निशानी थापा रहेका छन ।
बबई नदीमा नुहाउन जाने क्रममा बेपत्ता भएका उनीहरुको प्रहरी र सशस्त्र सेनाको टोलीले खोजी गरेको थियो । यसै क्रममा उनीहरूको शव फेला परेको थियो ।