© २०२३
बाँके, ०८ असोज ।
मित्र राष्ट्र भारतको रूपैडियामा निर्माण भइरहेको ब्रोडगेज लाइन रेल अब छिट्टै सञ्चालन हुने भएको छ । प्राप्त जानकारी अनुसार भारत सरकारले प्रयास गरेको शिलान्यास मात्रै गर्ने नभएर सो निर्माण भए पश्चात् उद्घाटन समेत गर्ने बताइएको छ ।
यस अन्तर्गत, बहराइच नेपालगन्ज रोडलाई जोड्ने ब्रोडगेज लाइनमा भारतका विभिन्न सहरहरूलाई जोड्ने रेलवे विभागको प्रयास अब अन्तिम चरणमा पुग्दै छ ।
सोही अनुसार बहराइचबाट नेपालगन्जसम्म ब्रोडगेजमा रेल चलाउन, रेलवे विभागद्वारा सिआरएस अन्तर्गत अधिकारीहरूको एक टोली नानपाराबाट बिस किलोमिटर विशेष रेल बाबागञ्ज हुँदै नेपालगन्ज रेलवे स्टेसन परीक्षण समेत गरिएको छ ।
पहिलो चरणको परीक्षणमा बाबागञ्ज हल्ट स्टेसनको निरीक्षण गरिएको थियो भने दोस्रो दिन नेपालगन्ज रोडको निरीक्षण गरिएको थियो ।
यो उल्लेखनीय छ, सिआरएस प्रमुख रेलवे सुरक्षा अधिकारी प्रण जीव सक्सेना, पूर्वी रेलवे, सञ्जय सिंघल, प्रमुख इन्जिनियर, विद्युत् पूर्वी रेलवे र अन्य अधिकारीहरूले आफ्नो दुई दिने निरीक्षणको क्रममा नेपालगन्जको बाबागञ्जसम्म निरीक्षण सम्पन्न गरेका छन् ।
रेल मन्त्रालयले पुष्टि गरिसकेको छ कि अब रेल चलाउने पूर्ण निरीक्षण भइसकेको छ, सिआरएस निरीक्षण बिना रेल सञ्चालन हुँदैन । रेलमार्गमा निर्माण गरिएका साना तथा ठुला पुलहरूसँगै ट्र्याक बिछ्याउने, विद्युतीय लाइन, नेपालगन्ज रोड स्टेसनको सिग्नल प्यानल र विद्युतीय आपूर्ति लाइनको उचाइ आदिको निरीक्षण गरिएको जनाइएको छ ।
सोही बारे जानकारी गराउँदै सम्बन्धित पक्षले नेपालगन्ज रोडको शिलान्यास गर्दा, अधिकारीहरूले इन्जिनियर र ठेकेदारलाई भनेका थिए । केन्द्र सरकारको इच्छा अनुसार, कुनै पनि कामलाई निश्चित समय सीमा दिइएको हुन्छ ।
यसबारे भारती वरिष्ठ पत्रकार एसके मधेशियाले दिएको जानकारी अनुसार उक्त योजना करिब ३ सय ५० करोड भारतीय रुपैयाँ अर्थात् नेपाली रुपैयाँमा ५ सय ६० करोड रुपैयाँको लागत रहेको छ भने त्यसको सम्पूर्ण भुक्तानी केन्द्र सरकारले गरेको छ ।
केन्द्र सरकारको योजना शिलान्यास मात्र नभई सो योजना निर्माण पश्चात् उद्घाटन समेतको उद्देश्यका साथ सञ्चालन गर्ने गरेका हुन्छन् । सोही अनुसार रूपैडिया रेलवे स्टेसनको उद्घाटन गरिएको छ । अब छिट्टै सो सञ्चालनमा आउने बताए ।
वरिष्ठ पत्रकार मधेशका अनुसार रूपैडिहा रेलवे स्टेसन सञ्चालनमा आउँदा भारतीय यात्रुलाई मात्र फाइदा नभई दैनिक रोजगारीको लागि भारतको विभिन्न ठाउँमा नेपालबाट आउने नेपाली यात्रुहरूलाई समेत सर्वशुलभ सस्तो दररेटमा यात्रा गर्ने अवसर प्राप्त हुने बताए ।
रूपैडिहाको रेलवे सञ्चालन भएपछि नेपालीलाई यात्रु गर्न निकै सहज हुने र सर्व सुलभ माडा र कम समयमा यात्रा गर्न सक्ने भारतको लखनउबाट उपचार गराएर फर्केका बर्दियाका भोला थारुले बताए ।
उने भने अब यो रेलवे सञ्चालनमा आएपछि राती भरी बसमा यात्रा गर्नबाट मुक्ति मिल्ने छ । रूपैडिहाबाट रेलवे सञ्चालनमा आए नेपालगन्जको जमुनहा भन्सार भएर यात्रा गर्नेहरूलाई निकै सहज हुने अनुमान समेत गरिएको छ ।