© २०२३
बाँके, ८ असोज ।
विद्यार्थी रित्तिक (तिलक) शाहीको निधनप्रति आक्रोशित उनका आफन्तले कोहलपुर–सुर्खेत सडकखण्डमा अनिश्चितकालीन आवतजावत बन्द गरेका छन् । बुधबारदेखि कोहलपुर, सुर्खेत र अछाम जिल्लामा यातायात पूर्ण रूपमा रोकिएको छ ।
कोहलपुरमा अध्ययनरत शाही दशैं मनाउन अछाम जाँदै गर्दा ट्रकको ठक्करबाट ज्यान गुमाएका हुन् । सुर्खेतको पाण्डुले भन्ने स्थानमा नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटनापछि तीन दिनसम्म ट्रकका चालक र मालिक प्रहरी सम्पर्कमा नआएको भन्दै आफन्तले आक्रोश पोख्दै सडक अवरुद्ध गरेका हुन् ।
यस दुर्घटनामा गम्भीर घाइते भएका दमन शाहीलाई उपचारका लागि लखनउ लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको आफन्त हिक्मत शाहीले जानकारी दिएका छन् ।