ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दै छन् प्रतिस्पर्धा

८ आश्विन २०८२, बुधबार
८ आश्विन २०८२, बुधबार

काठमान्डौ, ८ असोज । 

विश्वव्यापी चर्चित ब्युटी पेजेन्ट ‘मिस युनिभर्स’ को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’ को फिनाले आज हुने भएको छ।

काठमाडौंको रोएल टुलिप होटेलमा दिउँसो ४ बजे देखी सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दै छन्। प्रतिस्पर्धामा सन्या अधिकारी, प्रतिक्षा अधिकारी, निर्जला न्यौपाने, ईशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, सिखा पराजुली, सरस्वती राई, वर्षा कंडेल, ज्योति थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना रहेका छन्।

ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पुर्णरुपमा सकिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्। पुरीका अनुसार गतबर्ष भन्दा यसबर्ष युवतीहरूको सहभागिता राम्रो थियो। साथै फाइनलिस्टहरु १४ जनानै उत्तिकै प्रतिभाशाली रहेको उनको भनाई छ।

यसअघि नै निर्देशक पुरीले मिस युनिभर्स नेपालका लागी धेरै मापदण्डहरू खुकुलो पारेको जानकारी दिएकी थिइन्। कुनै उचाइ, तौल, वर्गको आधारमा मापदण्ड नराखिएको जानकारी दिएकी थिइन्। सोही अनुरूप अहिले विभिन्न उचाइ तथा विभिन्न पेसा गरिरहेका महिलाहरूको सहभागिता रहेको छ। उनले भनेकी छिन्, ‘मैले भन्दै आएकी छु, यो सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो।  तपाईँ जस्तो हुनुहुन्छ, त्यही नै तपाईँको सौन्दर्यता हो।’

यसबर्षबाट मिस युनिभर्स नेपाल रियालिटी शोको रूपमा पनि रहेको थियो। युट्युवमा सार्वजनिक रियालिटी शोको विभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीहरुले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्ज लगायतमा प्रतिस्पर्धा गरिएको मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीले जानकारी दिइन्। पेजेन्टको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहेका छन्। पेजेन्टको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?