Butwal Today

कास फुल्यो, मान्छे भुल्यो

८ आश्विन २०८२, बुधबार
अ+
अ-

दाङ, ८ असोज ।

दाङको घोराही उपमहानगरपालिका – ५ र ६ को बिचमा पर्ने बबई नदीमा कास फुलेर सेतै भएको छ । खोलाको सङ्लो पानी र सेतो कास जो कोहीलाई लाग्छ यो देख्दा खास । शिरमा रहेको पान्डबेस्वर  धारा पानी मन्दिर आउने जो कोही तीर्थ यात्रीलाई यो दृश्यले आकर्षण गर्छ ।

घोराही उपमहानगरपालिका -६ कि प्रमिला पुन साथीहरूसँग सोही ठाउँमा घुम्न पुगेको भेटिइन । उनले भनिन् दसैँ बिदा भएको छ घरमा त्यसै बस्न पट्यार लाग्यो । साथीहरूले घुम्न जाऊ भने  अनि घुम्न आए । टिकटक र भिडियो बनाउन मोबाइल पनि ल्याएको छु । यहाँको दृश्य सुन्दर रहेछ  खुब रमाइलो लागेको छ ।

उनले अरू साथीहरूलाई पनि रमाइलो ठाउँमा घुम्न आउन आग्रह गरिन । घोराही -१८ का कविता डिसी पनि सोही ठाउँमा फोटो खिच्न र रमाइलो गर्न आएको अवस्थामा  भेटिइन । धारा पानी मन्दिर दर्शन गर्न आएको थिए खोलाको बगरमा फुलेको कासले मनै लोभ्याएपछि फोटो नखिची मनले मानेन ।

प्राकृतिक सौर्न्दर्यले भरिएको यो स्थानमा खोलाको सङ्लो  पानी त्यसमा सेतै फुलेको कासले झन् मन लोभ्यायो । गत वर्ष अलि कम थियो यसपालि त प्रशस्त फुलेर खोला नै सेतै भएको छ ।
घोराही धारा पानी सडकमा अटो चलाउँदै आएका विक्रम चौधरीले सुनसान हुने खोला रमाइलो भएको बताए ।

उनले भने आजभोलि अटो रिक्सा चढ्ने र यहाँ घुम्न आउनेको सङ्ख्या बढेपछि आम्दानी पनि राम्रो भएको छ ।  धारा पानी मन्दिर व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार अधिकारीले  फुल रोपेर सडक सौर्न्दर्य हुन्थ्यो प्रकृति खोलाको सौन्दर्य बनायो आजभोलि यो दृश्य हेर्न दैनिक  सयौँको सङ्ख्यामा आउने गरेको बताए ।

मन्दिरमा आउने भक्तजनको बाटो पनि त्यही पर्ने भएकाले होला प्रायः जसोले एक छिन टक्क अडिएर फोटो खिचेर जाने गरेको बताए । स्थानीय नागरिक  सुन्दर दृश्य हेर्नकालागी आउने गरेको उनले बताए ।