© २०२३
बुटवल, ८ असोज ।
जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । बुधबार भएको खेलमा वडा नं. ४, वडा नं. ३, वडा नं. ११ र वडा नं. ६ अन्तिम चारमा स्थान बनाएको हो । विहिबार सेमीफाईनल खेलमा वडा नं. ११ र ३ तथा दोस्रो खेलमा वडा नं. ४ र ६ का बिचमा खेल हुने संयोजक रमेश कुमार जोशीले बताए ।
देविनगरस्थित एन्फा खेलमैदानमा भएको खेलमा वडा नं. ४ ले वडा नं. ९ लाई ८–० गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. ४ का अशोक सेनले सर्वाधिक गोल गर्दै म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि अर्को खेलमा वडा नंं ११ ले वडा नंं १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं. ११ का याम बुचा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा वडा नंं ६ ले वडा नं. १३ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं. ६ का हिमाल गौचन म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार नै भएको अर्को खेलमा वडा नं. ३ ले वडा नं. १५ लाई ३–० गोलले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । खेलमा वडा नं. ३ का रनबहादुर गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैया र कपबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए । नगरमा रहेका भेट्रान्स खेलाडीहरुलाई पुर्नताजगी गराउने गरि फुटबल प्रतियोगिता गरिएको प्रतियोगितामा १४ वटा वडाका खेलाडीहरु सहभागी छन ।