Butwal Today

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबिच भेटवार्ता

८ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, ८ असोज। 

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेकी हुन् । भेटपछि प्रधानमन्त्री निवासबाट बाहिरिएकी थिइन् ।

“प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,” राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थासम्बन्धी विषयहरूमा छलफल भएको हो ।