Butwal Today

टिम बनाउन व्यस्त छु, केही दिन फोन र मेसेज नगर्नुहोला- शिक्षामन्त्री पुन

८ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ८ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिनका लागि आफूलाई फोन वा म्यासेज नगर्न आग्रह गरेका छन् । मन्त्रालयमा प्रभावकारी र सिर्जनशील टिम गठनमा व्यस्त रहेको भन्दै उनले अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन् ।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्, ‘अस्तीदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सअपमा हजारौं कल र म्यासेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्नुहोस् र म्यासेज नपठाउनुहोस् ।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन् । जिम्मेवारी सम्हालेसँगै उनले मन्त्रालयमै खाने–बस्ने व्यवस्था मिलाएका छन् ।

मन्त्री पुनले आफूलाई मन्त्रालयभित्र उपलब्ध गराइएको सुत्ने कोठा पाँचतारे होटलजस्तै सुविधायुक्त भएको उल्लेख गर्दै त्यहाँबाटै कार्य प्रारम्भ गरेको बताएका छन् ।