© २०२३
काठमान्डौ, ८ असोज ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन् ।
स्रोतका अनुसार भेटघाट अनौपचारिक भए पनि मुख्य रूपमा जेनजी आन्दोलनले उठाएका माग र मुद्दामा केन्द्रित थियो । मेयर शाहले आन्दोलनको माग अनुसार काम हुनुपर्नेमा जोड दिएका थिए भने प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राख्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी र सचिवालयका सदस्यहरू उपस्थित थिए भने मेयर शाहको टोलीमा सहयोगी कुमार बेनसहितको प्रतिनिधि समूह सहभागी थियो । छलफल करिब ३० मिनेट चलेको थियो ।