© २०२३
काठमान्डौ, ८ असोज ।
इरानमा सन् २०२५ को शुरूआतदेखि अहिलेसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकारले जनाएको छ । संस्थाले यसलाई गम्भीर रूपमा आलोचना गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।
आइएचआरका अनुसार, गएको हप्तामात्रै ६४ जनालाई मृत्युदण्ड दिइएको छ । मानवअधिकारकर्मीहरूका अनुसार, पछिल्ला वर्षमा देखिएका विरोध–प्रदर्शन र इजरायलसँगको द्वन्द्वका कारण इरानले मृत्युदण्डको प्रयोग अझ तीव्र बनाएको छ ।
संस्थाले संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्ड प्रवृत्तिलाई मानवताविरुद्धको अपराधको रूपमा हेर्न र तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।
इरानी अधिकारकर्मीका अनुसार, मृत्युदण्ड पाउनेमध्ये झन्डै ५० प्रतिशत मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दोषी ठहरिएका छन् ।