© २०२३
बुटवल, ८ असोज ।
लुम्बिनी प्रादेशिक अस्पतालको सुरक्षा कक्षमा एसी जडान गरिएको छ । बुटवल सेरोफेरो हङकङका आजीवन सदस्य पुरन खड्कासहित विभिन्न दाताको सहयोग तथा डा. नेत्र रानाको अगुवाइमा सुरक्षा सेवामा खटिएका गार्डहरुलाई लक्षित गर्दै उक्त एसी हस्तान्तरण गरिएको हो । करीब १ लाख लागतमा ग्रि कम्पनीको २ टन क्षमताको एसी जडान गर्न हङकङस्थित संस्कृति ज्वेलर्सले समेत सहयोग गरेको डा.रानाले बताए ।
कार्यक्रमका सहयोगदाता पुरन खड्काले अस्पतालको सुरक्षा व्यवस्था सुदृढ बनाउन खटिएका गार्डहरुको मेहनतलाई सम्मान गर्नका लागि यस्तो सहयोग गरिएको बताए । गार्डहरु दिनरात खटेर अस्पताल सुरक्षित राखिरहने हुदा उनीहरुको स्वास्थ्य र सहजतामा ध्यान दिने गरि सानो सहयोग गरिएको बताए । आगामी दिनमा पनि सहयोग निरन्तर रहने उनले प्रतिवद्धता जनाए ।
बुधबार कार्यक्रम गरि गार्ड कमाण्डर कृष्ण कार्कीलाई हस्तान्तरण गरिएको हो । कार्कीले भने, “हाम्रो कार्य वातावरणमा ठूलो सहजता आउनेछ । यो सहयोगले गार्डहरुको मनोबल उच्च बनाउनेछ ।” भन्दै सहयोगी पक्षप्रति आभार प्रकट गरे । हाल अस्पतालमा २६ जना गार्डहरु ३ सिफ्टमा खटिएका छन् ।