© २०२३
बोर्ड परीक्षा चलिरहेको समयमा अकस्मात भदौ २३ र २४ गतेको जेनजी को आन्दोलन सुरु भयो जसले गर्दा देश कुन दिशातर्फ जान्छ भन्ने अन्योलता सबैमा थियो । विभिन्न शैक्षिक संस्थाहरूको पढाइ एवं परीक्षा हुने नहुने विषय अन्यौलता रहदा मनमा अब के हुन्छ भन्ने प्रश्नले मात्रै सताइरहन्थ्यो ।
हुनपनि सरकारले सामाजिक सञ्जाल नै बन्द गरेर जनताको आवाज दबाउने कोसिस गरिररहेका बेला युवाहरुको आक्रोश नबढ्ने त कुरै भएन, त्यसैले सरकार विरुद्ध जेनजी नामको पुस्ताले भष्ट्रचार र चरम बेतिथि विरुद्ध बोल्न सुरु गर्छ, त्यसैको फलस्वरूप देशले आज नयाँ नेतृत्व पाएको छ ।
जेनजी आन्दोलनको प्रभाव हाम्रो बोर्ड परीक्षामा पनि देखियो, अब परीक्षा दशैं तिहार पछि हुने भयो । दशैं तिहारको छुट्टिले रमाइलो त महसुस त भयो तर कता कता जेनजी आन्दोलनमा ज्यान गुमाएका परीवारलाई सम्झदा पिडा बोध भयो, उनीहरु देशकै हितको लागि बोल्दा आज सहिद हुन पुगे – सायद यसको मूल्यांकन समयले गर्ला !
अब १ महिनाको बिदा कसरी बिताउने भन्ने अन्योलता त छदैं थियो तथापि अघि बढ्नुपर्ने बाहेक विकल्प पनि छैन । कलेज बिदा हुन साथ एक कानूनी रिपोर्ट तयार पार्न हामी विजय, विष्णु, ईसराफिल र म पाल्पा गयौं , पाल्पा जिल्ला मेरो लागि नौलो थिएन तर साथीहरूको लागि नयाँ एवं उत्साहजनक नै थियो । बसमा यात्रा गर्दा पनि पाल्पा आउन अझै कति छ भनेर सोधिरहन्थे साथीहरूले, सायद यो उनीहरुको नयाँ ठाउँमा जादा देखिएको हुटहुटी हो ।
पाल्पाको तानसेन नगरपालिकामा हामीले उपप्रमुखलाई भेट्यौं, उपप्रमुख न्यायिक समितिको संयोजक रहने भएकोले कुराकानी अल्लि मिल्दो रहेछ । हामी देशभरका धेरै पालिका पुग्यौं तर त्यत्तिको राम्रो रेसपोन्स सायद कम ठाउँमा पाइन्छ होला । आजका धेरैजसो पालिकामा नागरिकलाई जनप्रतिनिधिले समय नदिदां जनताहरु रुष्ट पनि छन । जेनजी आन्दोलनको प्रभाव देशभर परिरहेका बेला पाल्पा पनि अछुतो रहेन, यद्यपि त्यहाँ तोडफोड भने भएन, पक्कै पनि त्यहाँ असल जेनजीका प्रतिनिधिहरु थिए । देशभर निम्तिएको राजनीतिक घटनाक्रमले सबै स्थानीय तहका नेताहरु समेत त्रसित थिए ।
हामीले त्यहाँको बारेमा जानकारी लिन सुरु गर्दै गर्दा उपप्रमुखले सुरुवातमै भन्नुभयो जेनजी वास्तवमै जेनजी रहेछन, कसैले गर्न नसकेको परिवर्तन २ दिनमा गराएर छाडे, अब डराउनुपनि पर्यो नि ! यो डर जिम्मेवारीप्रतिको र जनताको सम्मान हो, उहाँले यसो भनिराख्दा वहाँको मुहारमा एउटा गर्वको भाव झल्किनथ्यो हुनपनि जेनजीको आन्दोलनले गर्दा नै देशले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । वहाँ महिला जनप्रतिनिधि एउटा उदाहरण हुनुहुन्छ यस्ता देशमा धेरै महिलाहरु छन जसले पूरानो राजनीति अवस्थाले गर्दा स्थान पाउँदैनन, अरुको निर्देशन जहिले पनि दबाबका साथ पालना गरिरहनुपरेको हुन्छ ।
देश चरम भ्रष्टाचारमा लिप्त भएकै कारण देश युवाको पक्षमा छ । जेनजी पुस्ता परिवर्तनका बाहक बनेर नयाँ नेपालको नक्सा कोरिरहेका छन । सायद अब जेनजी युवाहरुले नेपाल आमालाई सधैं माया गर्छन, जेनजी भनेको मोबाइलमा घोप्टिरहने पुस्ता हो र यिनीहरूलाई देशको बारेमा केही जानकारी छैन भन्नेहरुको लागि मुखभरीको जवाफ अहिलेको परिवर्तनले दिएको छ । अब सधैं पद र सत्ताको आडमा दम्भ देखाउनेहरु जेनजी पुस्तालाई कमजोर पक्कै ठान्ने छैनन ।
विगत लामो समय देखि देशमा बढिरहेको भ्रष्टाचार र अनियमितता विरुद्ध मैदानमा उत्रिन तयार युवाहरुको हुटहुटीले नेपाल आमाको मुहार मुस्कुराइरहेको छ,आमाले देखेको परिवर्तनको सपना पूरा गर्न वीर सुपुत्रहरुको जन्म भएको छ, सायद जेनजीको पावर भनेको यहीं होला !