ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

६ घण्टामा अर्थमन्त्रीको इमेलमा १६६ गुनासा, ३ वटा तत्काल समाधान

८ आश्विन २०८२, बुधबार
८ आश्विन २०८२, बुधबार

काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेलबक्समा सार्वजनिक सूचना जारी गरिएको ६ घण्टाको अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल प्राप्त भएका छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भएमा वा कर्मचारीले घुस मागेमा सिधै इमेल गर्न सकिने सूचना जारी गरिएको थियो ।

सूचना सार्वजनिक भएको छोटो समयमा प्राप्त ती गुनासोमध्ये तीन वटा गुनासो तत्काल समाधान गरिएको अर्थमन्त्री खनालले जानकारी दिएका छन् ।

उनका अनुसार प्राप्त गुनासोमध्ये करिब दुई दर्जन इमेलको उनले व्यक्तिगत रूपमा जवाफ दिएका छन् । तीमध्ये थुप्रै गुनासोमा आवश्यक कारबाहीसमेत गरिसकिएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले स्पष्ट पारेका छन् कि इमेलमार्फत आएका गुनासोहरूमध्ये केहीमा तत्काल प्रतिक्रिया दिँदै आवश्यक कदम चालिएको छ ।

अर्थमन्त्री खनालले पहिलो रूपमा समाधान गरिएको गुनासो कोशी प्रदेशको म्याङलुङ नगरपालिका सम्बन्धी रहेको बताए । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण त्यहाँका कर्मचारीहरूले तलब पाएका थिएनन् ।

उक्त समस्या समाधान गरिएको छ । दोस्रो गुनासो तार्केश्वर नगरपालिका सम्बन्धी रहेको थियो, जहाँ प्रमुख प्रशासकीय अधिकृतले काम नगरेर सेवाग्राहीलाई सास्ती दिएको गुनासो आएको थियो । गुनासो साँचो ठहरिएपछि सम्बन्धित प्रशासकीय अधिकृतको सरुवा गरिएको हो ।

तेस्रो गुनासो कर फिर्ता प्रक्रियामा २ प्रतिशत कमिसन दिनुपर्ने अवस्था सम्बन्धी थियो । उक्त गुनासोप्रति प्रतिक्रिया दिँदै अर्थमन्त्री खनालले ‘यो विषय अख्तियारमा जानुपर्ने हो’ भन्दै गुनासोकर्तालाई सचेत गराएका थिए । उनका अनुसार, त्यसपछिको छानबिनबाट सो समस्या समाधान भएको छ ।

अर्थमन्त्री खनालले मेलमार्फत प्राप्त बाँकी गुनासोहरूको पनि यथाशीघ्र समाधान गरिने बताए । साथै, इमेल प्रणालीमार्फत गुनासो समाधानको यो प्रक्रिया प्रभावकारी बनेमा अब आफ्ना समस्या समाधानका लागि सर्वसाधारणलाई सिंहदरबारसम्म धाउनुपर्ने बाध्यता हट्ने उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?