Butwal Today

सुनको मूल्यमा निरन्तर वृद्धि, आज कति ?

८ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ८ असोज ।

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यो भाउ तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको भाउले पनि नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो यो भाउ तोलाको २ हजार ६ सय ८० रुपैयाँ थियो ।