ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बालेनले प्रधानमन्त्रीलाई सोधे– जेनजीमाथि गोली चलाउनेहरू किन पक्राउ परेनन् ?

८ आश्विन २०८२, बुधबार
८ आश्विन २०८२, बुधबार

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्।

बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन्।

त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए।

बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा थियो।

‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन?’ बालेनले भने।

बालेननिकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिइन्।

‘उहाँ (प्रधानमन्त्री कार्की) ले गर्दै छौँ, हुँदै छ भन्नुभयो,’ स्रोतको भनाइ छ, ‘अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन।’

उनीहरूबीच करिब आधा घण्टा जति कुराकानी भएको स्रोतको भनाइ छ।

बालेनले जेनजी आन्दोलनमा समर्थन र सहजीकरण गरेका थिए। भदौ २४ गतेको विध्वंशपछि बालेनले नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेका थिए। त्यसपछि उनले अब जेनजीले सेनासँग वार्ता गर्नुपर्ने, अन्तरिम सरकार बनाउनुपर्ने र त्यसअघि संसद विघटन हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

नभन्दै वार्ताको सहजीकरण सेनाले नै गरेको थियो।

बालेनको समेत समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्।

जेनजी आन्दोलनमा भएको दमन र विध्वंशका बारेमा छानबिन गर्न सरकारले गत शुक्रबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। तर, उक्त आयोगले अहिलेसम्म पनि कार्यभार सम्हाल्न सकिरहेको छैन। गृह मन्त्रालयको कर्मचारीतन्त्रले अहिलेसम्म पनि कार्कीको शपथ र कार्यालय व्यवस्थापनका विषयमा कुनै पहल गरेको छैन।

जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?