© २०२३
काठमाडौं, ८ असोज ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् ।
सो बैठकले केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय समेत गरेको छ । महाधिवेशनका लागि आयोजक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
समितिको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।