© २०२३
काठमाडौं, ७ असोज ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी मंगलबार पुनः कारागार फर्किएको सुन्धारा कारागार स्रोतले जनाएको छ ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका विभिन्न कारागारबाट झन्डै १४ हजार कैदीबन्दी निस्किएका थिए । तीमध्ये करिब आधाजसो कैदीबन्दी अहिले फर्किसकेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।
रायमाझीसँगै सोही प्रकरणमा संलग्न तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सुन्धारा कारागारबाट निस्केका थिए । तर, पाण्डे अझैसम्म कारागार फर्किएका छैनन् ।