Butwal Today

गुन्द्रीमै बसेर जनताको सेवा : “जहाँ भए पनि सेवा दिन तयार छु” – वडा अध्यक्ष पाण्डे

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

लमही, ७ असोज ।

जेनजी आन्दोलनका क्रममा कार्यालय जलेर क्षतिग्रस्त भएपछि दाङ–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे गुन्द्रीमा बसेरै जनतालाई  सेवा दिइरहेका छन् ।

“म जहाँ बसेर पनि जनताको सेवा गर्न तयार छु,” अध्यक्ष पाण्डेले भने । आन्दोलनको क्रममा घोराही  उपमहानगर पालिका सहित धेरै  वडा कार्यालय  क्षति  ग्रस्त छन् । दाङका क्षति ग्रस्त स्थानीय  पालिका सहित अति अवश्य  सरकारी कार्यालयहरूले सेवा दिन थालेका छन् ।

यस्तै, तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालय मंगलबारदेखि  पुन सञ्चालनमा आएको छ । हाललाई तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमार्फत करदाता सेवा र राजस्वसम्बन्धी काम सुरु गरिएको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए ।

उनका अनुसार दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत जिल्लाका गरी ३५ हजारभन्दा बढी करदाताहरू सो कार्यालय अन्तर्गत छन् । जेनजी आन्दोलनका क्रममा कार्यालयका दुई भवन, निवास र दुई गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।

प्राविधिक टोलीले भवन प्रयोग अयोग्य भएको निष्कर्ष निकालेपछि हाल निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा दिन थालिएको हो । केही समयपछि भाडाको घरमा सार्ने तयारी भइरहेको पनि प्रमुख कर अधिकृत टण्डनले बताए ।

त्यस्तै, यातायात व्यवस्था कार्यालय तुलसीपुरले पनि बुधबारदेखि  सेवा सुचारु गर्ने भएको छ । कार्यालय प्रमुख टोपेन्द्र बहादुर केसीका अनुसार सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण, सवारी जाँच पास नवीकरण, बाटो इजाजत नवीकरण र पटके सेवाहरू सञ्चालन हुनेछन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनकै क्रममा कार्यालयमा आगजनी, भवन तोडफोड, लुटपाट र कागजात नष्ट भएपछि सेवा अवरुद्ध भएको थियो ।