ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सत्यवती सडक अवरुद्ध : वर्षातमा किसानको मेहनत थपिँदै

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

पाल्पा, असोज ७ ।

पाल्पाको तिनाउ गाउँपालिका–सत्यवती क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने किसान र व्यवसायी अहिले ठूलो समस्यामा परेका छन् । वर्षात्पछि सडक मर्मत नहुँदा स्थानिय उत्पादन बजारसम्म पु¥याउन उनीहरू मानव श्रममै निर्भर बन्न बाध्य भएका छन् ।

सत्यवतीका स्थानीय विरे बहादुर गाहाका अनुसार, गाउँमा मोटर बाटो पुगेपछि सुरुमा सबै खुसी भए पनि वर्षायाम लागेपछि समस्या सुरु हुन्छ । “हिउँदमा त सजिलो हुन्छ, तर वर्षातमा सडक बिग्रँदा तरकारी उत्पादनकै बेला बजार पु¥याउन सक्दैनौं,” उनले भने ।

स्थानीयको मुख्य आम्दानी कृषि र वनजंगलजन्य उत्पादन हो । तरकारी, केरा, तेजपत्ता र दालचिनी वर्षैभरि यहाँबाट बाहिरिने गर्छ । तर सडक अवरुद्ध हुँदा ढुवानी गर्न कठिन हुने भएकाले किसानलाई समस्या भएको स्थानीय मालती दर्लामी बताउँछिन् ।

झुम्सा–चौबिस माइल हुँदै जोडिएको सडक खण्ड सत्यवती, बौरीडाडा, माथिल्लो सत्यवती हुँदै माथागढी गाउँपालिकाको गोठादीसम्म पुग्छ । तर यो सडक खण्डमा महिनौँदेखि पहिरोका कारण यातायात बन्द छ । “मर्मत गर्ने संकेत नै छैन, किसानले आफ्नै भारी बोकेर उत्पादन बजार पु¥याउनुपरेको छ,” उनले दुखेसो पोखेकी छन् ।

चुरे क्षेत्रभित्र पर्ने सत्यवती भूगोलका हिसाबले अति संवेदनशील मानिन्छ । यहाँ ठूला डोजर प्रयोग गरी सडक बनाइएकाले सामान्य वर्षातमै पहिरोको जोखिम बढेको प्राविधिकहरूले बताएका छन् । स्थानीय लालबहादुर दर्लामी भन्छन्, “मानव श्रमको सट्टा डोजरले बाटो खनिँदा अब माटो बग्ने समस्या सामान्य भइसकेको छ ।”

तिनाउ गाउँपालिकाका प्रेम श्रेष्ठले भने अब चाँडै सडक मर्मत गर्ने योजना रहेको जानकारी दिए । “वर्षा रोकिएको छ, अब २–४ दिनभित्र सबै वडाका सडक मर्मत हुन्छन्,” उनले बताए ।

स्थानीय सन्तोष ढाडाका अनुसार, गाउँमा जंगल प्रशस्त छ र मनसुनमा अन्य क्षेत्रभन्दा बढी वर्षा हुने भएकाले क्षति बढ्ने गरेको छ । “पहिला बाटो बनाउन हतार गरियो, अहिले त्यही कारणले पहिरोले सडक नै बन्द भएको छ,” उनले भने ।

सडक अबरुद्ध हुँदा किसानले बजारसम्म उत्पादन पुर्‍याउन नपाउँदा आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । तत्काल मर्मत नभएसम्म सत्यवतीका व्यवसायी र किसानलाई मानव श्रममै भर पर्नुपर्ने बाध्यता कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?