ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

नेपालगञ्ज, ७ असोज ।

मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्नी धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।

कार्यक्रममा सम्मानित कथासंग्रहमाथि आफ्ना पाठकीय धारणा राख्दै डम्मर बिसीले लेखको पहिलो कथासंग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको भन्दै कथाकार सुवेदीमा राम्रा कथा लेख्नसक्ने क्षमता देखिएको बताए । साथै उनले कथाहरुमा देखिएको फिल्मी शैली र छायाँलाई कम गर्दै लैजान सुझाव पनि दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक सुवेदीले आफ्नो जीवनको पहिलो सम्मान र पुरस्कार प्राप्त गरेकोमा सुखी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद घिमिरेले सम्मानपछि थप उत्कृष्ट रचनाहरुका लागि प्रेरणा लिन लेखकलाई सुझाव दिए । स्रष्टा समाजका अध्यक्ष विरेन्द्र जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम काकी, प्रगतिशिल लेखक संघका सचिव हरि तिमिल्सेना र साहित्यकार कल्पना पौडेल ‘जिज्ञाशु’ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बहुरुपी कथासंग्रहमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाहरूमा आधारित १५ वटा कथाहरु रहेका छन् । २०८१ सालमा प्रकाशित कथा संग्रहहरुमध्ये सर्वाधिक चर्चामा रहेको उक्त कथा संग्रह मदन पुरस्कारका लागि संक्षिप्त सूचीको उत्कृष्ट ७ भित्र र पद्मश्री साहित्य पुरस्कारको छ्नौटका लागि उत्कृष्ट १५ वटा पुस्तकहरुको सुचीभित्र पनि अटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?