ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

रास्वपा सभापति लामिछानेलाई पद छाड्न सुदूरपश्चिम समितिको सुझाव

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पदीय जिम्मेवारीबाट अलग हुन सुझाव दिएको छ । समितिले सभापति लामिछानेले उदारता देखाउँदै न्यायिक निकायबाट मुद्दाको निरुपण नहुञ्जेल पार्टी नेतृत्व छोड्नुपर्ने उल्लेख गरेको छ ।

६ असोजमा बसेको प्रदेश समितिको बैठकमा उठेका धारणा समेटेर केन्द्रलाई पठाइएको पत्रमा भनिएको छ– “पार्टी सभापति स्वयंले उदारता प्रदान गर्दै न्यायिक निकायबाट न्याय नपाउँदासम्मका लागि जिम्मेवारीबाट अलग भई वैकल्पिक धार, समूह र व्यक्तिलाई अटाउने अवसर दिनुपर्छ । न्यायिक निकायबाट सफाइ पाएपछि मात्र उहाँ निर्विकल्प सभापति बन्न सक्ने विश्वास गर्दछौं ।”

समितिको ठहरअनुसार भदौ २४ मा सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिँदा पार्टीले संकलन गरेको ४० लाख हस्ताक्षरकर्ताको भावनामा ठेस पुगेको छ । राज्यको प्रतिशोधविरुद्ध रास्वपाले असार ७ देखि देश–विदेशमा हस्ताक्षर संकलन सुरु गरेको थियो, जसमा ४० लाखभन्दा बढी हस्ताक्षर भएको दाबी पार्टीले गर्दै आएको छ ।

प्रदेश समितिको पत्रमा पटक–पटक सभापतिलाई दिएको असावधान सुझाव र अपरिपक्व निर्णयका कारण पार्टीले धोका पाएको उल्लेख गरिएको छ । नख्खु कारागारबाट सभापति बाहिरिने घटनालाई पनि त्यही अपरिपक्व सल्लाहको परिणामका रूपमा प्रस्तुत गरिएको छ । पत्रमा भनिएको छ– “हतारमा गरिएको निर्णयले सभापति मात्र होइन, जिम्मेवार पदाधिकारी र केन्द्रीय सदस्यहरूको समेत प्रतिष्ठामा धक्का पुगेको छ ।”

पत्रमा उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य गणेश पराजुली, ज्वाला संग्रौला लगायतको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गरी कारबाही गर्न माग गरिएको छ । साथै, पार्टी सचिवालय पुनर्गठन गर्नुपर्ने माग पनि समितिले अघि सारेको छ ।

पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामालाई दुःखद बताउँदै पत्रमा भनिएको छ– “नेतृत्वका कमीकमजोरीबारे आवाज उठाउँदा पार्टीबाट बाहिरिनुपर्ने परिस्थिति सिर्जना हुनु दुर्भाग्यपूर्ण हो ।”

सुदूरपश्चिम समितिले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको, व्यक्तिपूजक प्रवृत्ति हाबी भएको र केन्द्रीय नेतृत्व निरंकुश बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । पत्रमा भनिएको छ– “रास्वपा निर्माण गर्न पर्दैन, यो आफैं बन्छ भन्ने मनोविज्ञानले पार्टी निर्माणमा ढिलाइ भएको छ । तत्काल संगठन पुनर्गठन गरी प्रदेश समितिलाई स्वायत्तता दिनुपर्छ ।”

समितिले संगठनात्मक सुधारका लागि आफ्ना कमजोरी स्वीकार्दै व्यक्तिनिर्भर अभ्यास अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?