ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

दसैँका यात्रीलाई सडकको सास्ती

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

मुग्लिङ नारायणगढ सडक आईतबार साँझ ४८ घण्टापछि बल्लबल्ल खुल्यो । अहिले उक्त सडक खण्डमा एकतर्फी यातायात चलिरहेको छ । त्यसमाथि सोमबार दिउँसो तीन घण्टा बन्द भयो । बर्षायाममा नेपालका सडकका कारण यात्रुले पाउने सास्तीको यो सानो उदाहरण मात्रै हो ।

देशका धेरै सडकको अवस्था नाजुक छ । सवारीका साधन हिँडन नमिल्ने अवस्थामा छन् । त्यसमा अहिले दशैं नजिक आईसकेको छ । राजधानी काठमाण्डौंबाट दशैं मान्न फर्किनेहरूले सडक बन्द हुँदा ठूलो सास्ती भोग्नु परिरहेको छ ।

अर्कोतर्फ यही बेला सडक दुर्घटना हुने गरेको छ । दशैं र तिहार मान्न घर फर्किनेहरू सडक दुर्घटनामा पर्ने गरेको अवस्था छ । यस्तो समयमा हुने दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारमा पर्ने बज्रपातको कल्पनासम्म पनि गर्न सकिदैन ।

धेरै दुर्घटना यस्तै चाडपर्वको बेला नै बढी हुने गरेको छ । दशैं तिहार मनाउन नेपालबाट मात्र होइन विदेशबाट समेत नेपालीहरू आउनेक्रम बढिरहेको बेला हुने यस्ता दुर्घटनाले मानवीय विपत्ति निम्त्याउँदै छ । दशैं तिहारकै समयमा सार्वजनिक सवारीका साधनमा भीड हुने गर्दछ ।

अन्ततः सवारी साधनको भीड, यात्रुको चाप, सडकको दुरावस्था र चालकको लापरवाहीले दुर्घटना नियन्त्रण भन्दा पनि बढ्दै गएको छ । दुर्घटना नियन्त्रणमा यी पक्षबीच सहकार्य आवश्यक छ ।

नेपालीमात्रका पर्वहरू हामीले जति रमाइलोसंग मनाउने तयारी गर्दैछौं कतिपयलाई भने यी पर्व दुःखमा परिणत हुन पुगेका छन् । विगतमा दशै र तिहारको बेलामा सवारी दुर्घटनाका बिभत्स घटनाहरू समेत भएको अझै स्मरणमा छन् ।

यी घटनाहरूबाट कैयनको अनाहकमा ज्यान गयो भने कैंयौ गम्भिर भएको विर्सन सकिदैन् । कतिपय दुर्घटनाका कारण कैयौं परिवारको भविष्य अन्धकारमा रुमल्लिएको पनि धेरै उदाहरण छन । तसर्थ सम्वन्धित निकायले चाडपर्वमा अझै बढी दुर्घटना नियन्त्रणका उपायका लागि पहल गर्नु जरुरी छ ।

सवैभन्दा महत्वपूर्ण कुरा सरकारले दशैं र तिहारका लागि सवैभन्दा बढी ध्यान सडकमा दिनुपर्दछ । नेपालमा प्राकृतिक विपत्तीका घटना धेरै हुने गरेका छन । त्यसमाथि चाडपर्वको समयमा बढी जोखिम हुने गरेको छ । अतः सरकार र सम्बद्ध निकायले यही बेला सडक सुरक्षामा ध्यान दिनु जरुरी छ ।

विगतदेखिकै उदाहरण हो– दशैँ र तिहारको बेला सवारी दुर्घटनाको श्रृंखला । यसले यो बर्षपनि निरन्तरता पाएको छ । यस्ता दुर्घटनाहरूको तथ्याँक केलाउने हो भने यसले पारिवारिक मिलनभन्दा पनि बिछोड गराउँदै धेरै दृष्टान्त छ ।

त्यसमाथि पहाडी क्षेत्रमा सार्वजनिक सवारीका साधन दुर्घटनाको जोखिममा रहेको देखिएको छ । त्यसमाथि चाडपर्व केन्द्रित दुर्घटना लापरवाहीको पराकाष्ठा पनि हो । फेरीपनि दुर्घटनाको ग्राफ बढिरहेको छ । मूख्य समस्या चाडपर्वमा मदिराको प्रयोग मूख्य कारण हो ।

तसर्थ यो समयमा मदिरा प्रयोगमा नियन्त्रण एउटा राम्रो उपाय हुनसक्छ । अहिले हामी दशैं तिहारको रमाईलो र चहलपहलमा छौं । यस्तो अवस्थामा दुर्घटनाको जोखिम कम गर्नेतर्फ सवै सचेत हुनु जरुरी छ ।

हरेक बर्ष ट्राफिक प्रहरीले चाडपर्व लक्षित दुर्घटना नियन्त्रण अभियान सञ्चालन गर्दछ । यो बर्षपनि अभियान सञ्चालन हुँदैछ । तर अभियान साँचो अर्थमा दुर्घटना नियन्त्रणमा सहयोग पुग्नेगरी हुनुपर्दछ । दशैं तिहारको बेला बजार अनुगमन गरेजस्तो दुर्घटना नियन्त्रण अभियानलाई पनि औपचारिक नगरियोस् ।

आगामी दिनमा हुने सवारी दुर्घटनाका विभत्स घटना रोक्न सवारी सञ्चालक, यातायात व्यवसायी, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्न अति जरुरी छ । देशका विभिन्न स्थानबाट घर फर्किनेहरूको चहलपहल बढेको छ ।

परदेशबाट पनि विदेशिएकाहरू यही बेला घर फर्किने गरेका छन् । अतः यही बेला दुर्घटनाको जोखिम बढ्न सक्ने भएकोले सचेतता आवश्यक छ । हरेक दिन पानी परिरहेको अवस्थामा पहिरोको जोखिम समेत बढिरहेको छ ।

मुग्लिङ नारायणगढमात्रै होइन, बुटवल नारायणगढ सडकले समेत सास्ती दिएको छ । अतः सडकको सास्तीमा सरकारको चौबिसै घण्टा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?