Butwal Today

राजनीतिक दल सच्चिनु पर्ने

७ आश्विन २०८२, मंगलवार
अ+
अ-
दाङ, ७ असोज ।
राजनीतिक दलले आफुलाइ सुधार गरेर अगाडि बढ्नुपर्ने नागरिक अगुवाले बताएका छन् । नागरिक समाज दाङ र महिला मानव अधिकार रक्षक संजाल  दाङको आयोजनामा बदलिएको राजनीतिक परिवेशमा नागरिक दायित्व  विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । नागरिक समाज दाङका अध्यक्ष नीमबहादुर थापाले  पछिल्लो समय देशमा भएको जेनजी आन्दोलनमा देशले ठूलो क्षती ब्यहोर्नु परेकाले सबै नागरिक एक जुट हुनुपर्ने बताए । उनले भने, युवा पुस्ताले बिकृती र बिसङ्गतीका विरुद्ध उठाएको माग जायज थियोे यसमा हाम्रो समर्थन छ तर धनजनको क्षती हुने गरि गरिएको आगजनी र तोडफोडको बिरोध गर्दछौ।
 पत्रकार महासङ्का केन्द्रीय सचिव सबिन पृयासनले  राजनीतिक दलहरुको अराजक प्रबृत्तिका कारण जेनजीले आन्दोलन गरेको बताए । अब दलहरू सच्चिनु पर्छ।
नागरिक समाज दाङका पूर्व संयोजक केबि मसालले संविधानका केही बुदालाई  अद्यादेशबाट संशोधिन गर्नुपर्ने र यसो गरिएमा काम गर्न सजिलो  हुने बताए ।
  साहित्यकार डा . टिकाराम उदासीले लोकतन्त्रमा दलले राम्रो काम गरेन भने त्यसको बिकल्प हुन्छ। यो आन्दोलन होइन बिद्रोह हो। यो सुरुआत हो उनलेे भने, हामी संक्रमण कालमा छौ।  युवा पुस्तालाई राजनीति र सामाजिक  चेतना दिनुपर्ने बताए । उनले भने   नेपालका सबै दल सच्चिनुपर्छ।
 पत्रकार महासङ्का पूर्वअध्यक्ष  बिपुल पोखरेलले ब्यबस्थापन परिवर्तनको लागि युवाले आवाज उठएका हुन यसमा  राजनीति रङ्ग दिनेकाम गर्नुहुदैन।  उनले भने,चुनाव समयमा हुनुपर्छ भनेर आवाज उठाउनुपर्छ।
सुशील बस्नेतले जेनजी पुस्ताको आन्दोलनको मर्म बुझ्नुपर्ने बताए । उनले भने,” भ्रष्टाचार र सुसासनसंग जोडिएको छ। समानताको कुरालाई पनि  अध्यनन गर्नुपर्छ ।”
 दलित एकता समाजका प्रतिनिधि निर्मल नेपालीले सुशासन र भ्रष्टाचार नियन्त्रणगर्नका लागि गरिएको आन्दोलन भएको बताए ।  यो परिस्थितिबाट बाहिर आउनका लागि सकारात्मक सन्देश दिनुपर्छ ।  सरकारी कार्यालय काम गर्न नसक्ने अबस्थामा छन् ।  ` दाङमा सबैभन्दा धेरै क्षती भएको छ।
सबैले सहकार्य गरेर सकारात्मक तरिकाले अगाडि बढ्नुपर्ने ,उनले भने।  पत्रकार महासङ दाङका पूर्वअध्यक्ष दुर्गालाल केसीले  नागरिक समाजले राजनीतिक दललाई सुधार गर्नुपर्छ भन्ने सन्देश दिनुपर्ने बताए ।बुढालाई फालेर युवा ल्याउनुपर्छ भन्ने होईन ।युवाहरु पनि राजनीतिमा अगाडि आउनुपर्छ भन्ने सन्देश दिनुपर्ने बताए ।
पत्रकार महासंघ  दाङका अध्यक्ष सन्तोष सुवेदीले आफू सुरक्षित हुँदै सरकारी कार्यालयले सेवा दिनुपर्ने बताए । नागरिक समाका पूर्व संयोजक चन्द्रराज पन्तले निर्वाचन समयमा भएन भने देशमा ठुलो धम्स हुन्छ । देशका सहिदको बलिदान लोकतन्त्र आएको हो । बर्तमान सरकारलाई सबै मिलेर सहयोग गर्नुपर्न बताए ।
अन्तरपार्टी संजाल दाङका संयोजक सस्मती चौधरी , सामाजिक अभियान्ता प्रमोद धिताल,  प्रदिप मजगैया  ,चिन्तामणी पौडेल ,शुसीला आचार्य ,शुसीला पौडेल ,नारायणप्रसाद भन्डारी ,कमल डिसी, शुस्मा  गिरि लगायतका बक्ताहरुले जेनजीको आन्दोलनमा भएको युवाको हत्या कस्ले गरेको छानबिन हुनुपर्ने बताए ।  नागरिक अगुवाले बोलेका विषयलाई समेटेर १३ बुदे घोषणापत्र जारी गरिएको छ।