ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

राजनीतिक दल सच्चिनु पर्ने

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार
दाङ, ७ असोज ।
राजनीतिक दलले आफुलाइ सुधार गरेर अगाडि बढ्नुपर्ने नागरिक अगुवाले बताएका छन् । नागरिक समाज दाङ र महिला मानव अधिकार रक्षक संजाल  दाङको आयोजनामा बदलिएको राजनीतिक परिवेशमा नागरिक दायित्व  विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । नागरिक समाज दाङका अध्यक्ष नीमबहादुर थापाले  पछिल्लो समय देशमा भएको जेनजी आन्दोलनमा देशले ठूलो क्षती ब्यहोर्नु परेकाले सबै नागरिक एक जुट हुनुपर्ने बताए । उनले भने, युवा पुस्ताले बिकृती र बिसङ्गतीका विरुद्ध उठाएको माग जायज थियोे यसमा हाम्रो समर्थन छ तर धनजनको क्षती हुने गरि गरिएको आगजनी र तोडफोडको बिरोध गर्दछौ।
 पत्रकार महासङ्का केन्द्रीय सचिव सबिन पृयासनले  राजनीतिक दलहरुको अराजक प्रबृत्तिका कारण जेनजीले आन्दोलन गरेको बताए । अब दलहरू सच्चिनु पर्छ।
नागरिक समाज दाङका पूर्व संयोजक केबि मसालले संविधानका केही बुदालाई  अद्यादेशबाट संशोधिन गर्नुपर्ने र यसो गरिएमा काम गर्न सजिलो  हुने बताए ।
  साहित्यकार डा . टिकाराम उदासीले लोकतन्त्रमा दलले राम्रो काम गरेन भने त्यसको बिकल्प हुन्छ। यो आन्दोलन होइन बिद्रोह हो। यो सुरुआत हो उनलेे भने, हामी संक्रमण कालमा छौ।  युवा पुस्तालाई राजनीति र सामाजिक  चेतना दिनुपर्ने बताए । उनले भने   नेपालका सबै दल सच्चिनुपर्छ।
 पत्रकार महासङ्का पूर्वअध्यक्ष  बिपुल पोखरेलले ब्यबस्थापन परिवर्तनको लागि युवाले आवाज उठएका हुन यसमा  राजनीति रङ्ग दिनेकाम गर्नुहुदैन।  उनले भने,चुनाव समयमा हुनुपर्छ भनेर आवाज उठाउनुपर्छ।
सुशील बस्नेतले जेनजी पुस्ताको आन्दोलनको मर्म बुझ्नुपर्ने बताए । उनले भने,” भ्रष्टाचार र सुसासनसंग जोडिएको छ। समानताको कुरालाई पनि  अध्यनन गर्नुपर्छ ।”
 दलित एकता समाजका प्रतिनिधि निर्मल नेपालीले सुशासन र भ्रष्टाचार नियन्त्रणगर्नका लागि गरिएको आन्दोलन भएको बताए ।  यो परिस्थितिबाट बाहिर आउनका लागि सकारात्मक सन्देश दिनुपर्छ ।  सरकारी कार्यालय काम गर्न नसक्ने अबस्थामा छन् ।  ` दाङमा सबैभन्दा धेरै क्षती भएको छ।
सबैले सहकार्य गरेर सकारात्मक तरिकाले अगाडि बढ्नुपर्ने ,उनले भने।  पत्रकार महासङ दाङका पूर्वअध्यक्ष दुर्गालाल केसीले  नागरिक समाजले राजनीतिक दललाई सुधार गर्नुपर्छ भन्ने सन्देश दिनुपर्ने बताए ।बुढालाई फालेर युवा ल्याउनुपर्छ भन्ने होईन ।युवाहरु पनि राजनीतिमा अगाडि आउनुपर्छ भन्ने सन्देश दिनुपर्ने बताए ।
पत्रकार महासंघ  दाङका अध्यक्ष सन्तोष सुवेदीले आफू सुरक्षित हुँदै सरकारी कार्यालयले सेवा दिनुपर्ने बताए । नागरिक समाका पूर्व संयोजक चन्द्रराज पन्तले निर्वाचन समयमा भएन भने देशमा ठुलो धम्स हुन्छ । देशका सहिदको बलिदान लोकतन्त्र आएको हो । बर्तमान सरकारलाई सबै मिलेर सहयोग गर्नुपर्न बताए ।
अन्तरपार्टी संजाल दाङका संयोजक सस्मती चौधरी , सामाजिक अभियान्ता प्रमोद धिताल,  प्रदिप मजगैया  ,चिन्तामणी पौडेल ,शुसीला आचार्य ,शुसीला पौडेल ,नारायणप्रसाद भन्डारी ,कमल डिसी, शुस्मा  गिरि लगायतका बक्ताहरुले जेनजीको आन्दोलनमा भएको युवाको हत्या कस्ले गरेको छानबिन हुनुपर्ने बताए ।  नागरिक अगुवाले बोलेका विषयलाई समेटेर १३ बुदे घोषणापत्र जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?