ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

नेपाली महिला टिम भारतसहित तीन देशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

काठमाडौँ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर र नोभेम्बर महिनामा यी खेलहरू तय भएको जानकारी दिएको हो ।

नेपालले भारतसँग अक्टोबर २६ मा सिक्किममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि अर्को महिनामा तीन देश सम्मिलित मैत्रीपूर्ण श्रृंखला हुने भएको छ ।

इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म हुने उक्त श्रृंखलामा नेपालले नोभेम्बर २६ मा इन्डोनेसियासँग र डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्नेछ । इन्डोनेसिया र चाइनिज ताइपेइबीचको खेल नोभेम्बर २९ मा हुनेछ ।

गत असारमा एन्फाका पदाधिकारीसँग प्रशिक्षकबीच विवाद भएपछि प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका थिए । सोही समयमा कप्तानको विषयलाई लिएर पनि विवाद भएको थियो ।

वाइल्डले सावित्रा भण्डारी ‘साम्बा’ लाई कप्तान नियुक्त गर्दै त्यसअघिकी कप्तान एन्जिला तुम्वापो सुब्बालाई बेन्चमा सीमित गरेका थिए । तर एन्फाका केही सदस्य तथा कर्मचारीहरूले साम्बालाई कप्तान दिन नहुने भन्दै असहमति जनाउँदै प्रशिक्षकलाई हटाउने चेतावनी दिएका थिए ।

नेपाली महिला टिममा पहिलो पटक प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गरिएको भए पनि पहिलो भ्रमणमै प्रशिक्षकलाई राजीनामा दिन एन्फाले बाध्य पारेको थियो ।

एएफसी एसियन कप छनोटका लागि उज्बेकिस्तान पुगेको टोलीले त्यहीँ विवाद चर्किएपछि नेपाल फर्किएको थियो । तर प्रशिक्षक वाइल्ड भने सोही स्थानबाट स्वदेश नफर्की इमेलमार्फतै राजीनामा दिएका थिए ।

एन्फाले उज्बेकिस्तानमा भएको विवादका विषयमा स्पष्टीकरण मागेपछि उनले इमेलबाटै घटनाको विवरण उल्लेख गर्दै राजीनामा पठाएका थिए ।

त्यसपछिका घटनाहरूमा एन्फाले साम्बामाथि पक्षपाती व्यवहार गरेको देखिएको थियो । साम्बा न्यूजिल्यान्डको क्लबमार्फत अष्ट्रेलियामा लिग खेल्न गएकी थिइन् । सुरुवातमा एन्फाले उनलाई शुभकामना दिएको भए पनि पछि त्यो पोस्ट हटाइएको थियो ।

यसबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि एन्फाले आफ्नो फेसबुक पेजमा कमेन्ट गर्न नमिल्ने बनाएको थियो । तर ‘जेनजी’ आन्दोलनपछि पुनः कमेन्ट गर्न मिल्ने बनाइएको छ । अहिले एन्फाले साम्बाका तस्वीरहरू पनि सार्वजनिक गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?