© २०२३
काठमाडौं, ७ असोज ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
मंगलबार बिहान करिब ५:४० बजे खसेको पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएको थियो । त्यसका कारण सवारी साधनहरूको लामो जाम लागेको थियो र यात्रुहरू अलपत्र परेका थिए ।
झन्डै १० घण्टाको प्रयासपछि पहिरो पन्छाइएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
ठूलो सुक्खा पहिरो पन्छाउन समय लाग्ने भएपछि काठमाडौं बाहिरिने र काठमाडौं प्रवेश गर्ने सवारीसाधनका लागि सडक विभागले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो ।