© २०२३
काठमान्डौ, ७ असोज ।
पाकिस्तानमा लगातारको मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि हालसम्म ६० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
स्थानीय राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका तथ्याङ्कअनुसार १ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । यसक्रममा करिब १२ हजार ५०० घरधुरी भत्केका छन् भने ६ हजारभन्दा बढी पशुचौपाया मरेका छन् । २० लाखभन्दा बढी व्यक्ति विस्थापित भएका कारण पानीजन्य रोग, विशेषगरी हैजाको जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।
पाकिस्तान जलवायु संकटप्रति विश्वकै अत्यन्त संवेदनशील देशहरूमध्ये एक हो । पछिल्ला वर्षहरूमा यहाँको बाढी, अतिवर्षा र बढ्दो तापक्रमले सयौंको ज्यान लिएको छ ।