Butwal Today

निर्वाचन ऐन संशोधनका लागि गृह मन्त्रालयको अध्यादेश तयारी

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ७ असोज ।

गृह मन्त्रालय निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृहकार्यमा जुटेको छ । यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकालाई मतदान अधिकार दिने प्रस्ताव सरकारलाई पठाइसकेको थियो । आयोगको सो प्रस्तावलाई आधार बनाएर मन्त्रालयले ऐन संशोधन अघि बढाउने तयारी गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आफ्नो प्रस्ताव पठाइसकेपछि त्यसबारे निर्णय गर्नु सरकारकै जिम्मेवारी हुन्छ ।

गृह मन्त्रालय स्रोतका अनुसार हालै सम्पन्न मन्त्रिपरिषद् बैठकमा नै संशोधन सम्बन्धी अध्यादेश ल्याउने तयारी थियो । तर, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन सक्ने विषयमा थप छलफल आवश्यक ठहरिएपछि तत्कालीन निर्णय रोकिएको हो ।

मन्त्रालयले अब विस्तृत गृहकार्य गरेर निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरिरहेको जनाएको छ ।