Butwal Today

सुनको मूल्य पुनः बढेपछि बन्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ७ असोज ।

लगातार बढ्दै गएको सुनको मूल्य मंगलबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । यसअघि सोमबार तोकिएको मूल्य नै अहिलेसम्मको सबैभन्दा महँगो मानिएको भए पनि मंगलबारको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।

यसैबीच, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ पुगेको छ ।