© २०२३
बुटवल, ७ असोज ।
जेनजी आन्दोलनको क्रममा क्षति ब्यहोरेको बुटवलको ड्रिम ईन्टरनेश्नल होटल प्रालिको सेवा मंगलबारदेखि सुचारु भएको छ ।
आन्दोनलको क्रममा होटलको रेष्टुरेन्ट, लबी र क्याफेटेरिया क्षेत्रमा बढि क्षति भएको थियो । देविनगरस्थित नेपाल अपाङ आश्रममा आश्रितहरुलाई होटलमा नै खाना खुवाउदै सेवा सुभारम्भ गरिएको हो ।
होटलका संचालक गोपाल रानाले आफनो मेहनत र लगनबाट पर्यटन ब्यवसायमा प्रवेश गरेको बताए । मणिग्राममा सम्मरल्याड रिर्सोट लिजमा लिएर शुरुवातदेखी हालको ड्रिमल्याण्ड गोल्ड रिर्सोट बजारमा पहिचान दिलाउन सफल भएको बताए ।
पारिवारीक लगानीमा मिलनचोकमा ड्रिम ईन्टरनेश्नल खोलेको बताए । निमार्ण क्षेत्रमा लामो समय दिएको योगदान र मेहनतसहित सहकारीको ऋणसमेत लिएर अहिले होेटल चलाएको भन्दै उनले यसमा नेताहरुको कुनै लगानी नरहेको बताए ।
सामाजिक संजालमा विष्णु पौडेलको लगानी भएको भन्ने गलत सुचना प्रचार गरिएको दुखेसो गरे । राजनीतिक दलमा आस्था राखेको भएपनि कुनै लाभ नलिएको दाबी गर्दै नेताहरुको लगानी नरहेको समेत स्पष्ट पारे । ‘मैले कुनै राजनीतिक दलको नेताबाट होटलमा लगानी गरेको छैन ।’– उनले भने ।

युवाहरुलाई लक्षित महत्वपूर्ण कार्यस्थलका रुपमा होटल सेवा दिएको उनले बताए । क्षति भएको होटलहरुलाई पुनः बिस्तारै संचालनको तयारीमा रहेको उनले बताए ।
हाल मणिग्राम ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा एक सय बढि र मिलनचोक ड्रिम ईन्टरनेश्नलमा ५० बढी कर्मचारीहरु कार्यरत छन । संचालक राना विभिन्न सामाजिक क्षेत्रमा समेत कार्यरत छन । देविनगरस्थित आश्रममा पहिलो अक्षयकोष स्थापना गरेका थिए ।