ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

बुद्ध शिक्षा र द्वन्द्व समाधानको साक्षी रोहिणी नदी

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

राप्ती नदीको सहायकका रूपमा बहिरहेको रोहिणी नदी आजभन्दा २५०० वर्षअघि पनि थियो भन्ने कुरा बौद्ध ग्रन्थहरूमा उल्लेखित छ । ती ग्रन्थहरूमा यो नदीलाई प्राचीन शाक्य र कोलिय राज्यबीचको सीमारेखामात्रै थिएन, ती दुई राज्यहरूको जीवनरेखा पनि थियो ।

यसले दुवै राज्यका कृषियोग्य भूमिहरूलाई सिञ्चित गथ्र्यो । सुत्तनिपातमा ‘उभतो हरियमानं’ (हरियालीपूर्ण दुई किनार) भनी वर्णन गरिएको छ । यसबाट पनि रोहिणी नदीको प्राकृतिक सौन्दर्य र कृषिमा यसको भूमिकाका विषयमा प्रष्ट हुन सकिन्छ ।

एकपटक गर्मीयाममा सुख्खा परेको समयमा रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्य र कोलिय राज्यबीच ठूलो विवाद भयो । विवाद बढ्दै गयो । अन्त्यमा दुवै पक्ष युद्धका लागि तयार भए । यो विवादले गौतम बुद्धको आफ्नै जन्मस्थल कपिलवस्तु र उनको ससुराली देवदह राज्यबीचको सम्बन्धलाई प्रभावित पारेको थियो । त्यसैले तत्कालीन समयमा यो कुनै सामान्य झगडा थिएन ।

तर, बुद्धले यस विवादलाई आफ्नो अद्वितीय ज्ञान र शान्तिपूर्ण संवादको माध्यमबाट समाधान गरेर एक नयाँ ऐतिहासिक दृष्टान्त स्थापित गरे । आज पनि द्वन्द्व समाधानका सन्दर्भमा सामाजिक, धार्मिक र राजनीतिक द्वन्द्व समाधानको एक महत्त्वपूर्ण उदाहरण बन्यो ।

रोहिणी नदीको विवाद र बुद्धको हस्तक्षेप
इतिहासमा उल्लेख भएअनुसार, जेठ महिनाको सुख्खा समयमा रोहिणी नदीको पानीको सतह घट्दै गयो । दुवै राज्यका किसानहरूले आ–आफ्नो बाली बचाउनका लागि रोहिणी नदीको पानी आफूहरूले प्रयोग गर्नुपर्ने अडान राखो ।

कोलियहरूले “हाम्रो खेतीलाई एक पटकको पानी पर्याप्त छ, त्यसैले पानी हामीलाई दिनुहोस् ।” भनेर अनुरोध गरे । यसको जवाफमा शाक्यहरूले “हामीले पानी नपाए सुन र रत्नको बोरा बोकेर तिमीहरूको दैलोमा आउनुपर्छ ।” भन्दै पानी आफूले मात्र प्रयोग गर्ने अडान लिए । उनीहरू अरूको दैलोमा सहयोगको लागि याचना गर्न आउँने पक्षमा थिएनन् ।

यसरी सुरु भएको वाकयुद्धले चाँडै नै ठूलो रूप लियो । दुवै पक्षका मानिसहरूले एकअर्कालाई अपमानजनक शब्दहरू प्रयोग गरे । शाक्यहरूले कोलियहरूलाई “कुष्ठरोगीका सन्तान” र “कोलको रूखमुनि बस्ने चरा” भनेर गाली गरे भने कोलियहरूले शाक्यहरूलाई “कुकुर र स्यालजस्ता” तथा “आफ्नै दिदीबहिनीसँग सहवास गर्ने” भनेर जवाफ फर्काए । यो विवाद सामान्य नागरिकहरूबाट मन्त्रीहरू हुँदै राजाहरूसम्म पुग्यो । दुवै पक्षका सेनाहरू युद्धका लागि तयार भए ।

गौतम बुद्धले यो विवाद बारे थाहा पाउने वित्तिकै उनी तत्काल रोहणिी किनार पुगेर हस्तक्षेप गर्ने निर्णय लिए । बुद्ध एक्लै दुवै सेनाका बीचमा पुगे । बुद्धको शासहपूर्ण र निडर एवम् शान्त उपस्थिति देखेर दुवै पक्षका योद्धा चकित भए र उनीहरूले आफ्ना हतियार तल राखे ।
बुद्धले दुवै पक्षका राजा र मन्त्रीहरूलाई शान्तिपूर्ण संवादका लागि आह्वान गरे । उनले सोधे “महाराज, यो कलहको कारण के हो?

उनीहरूले जवाफ दिए, “पानी, भन्ते!”
बुद्धले फेरि सोधे, “पानीको मूल्य कति हो?”
उनीहरूले भने, “यो त कम मूल्यको हो, भगवान् । ”
बुद्धले सोधे, “त्यसो भए क्षत्रियहरूको मूल्य कति हो?”
उनीहरूले जवाफ दिए, “क्षत्रियहरूको मूल्य अमूल्य हुन्छ, भगवान् ।”
अन्त्यमा बुद्धले भने, “त्यसो भए, कम मूल्यको पानीको कारण किन अमूल्य क्षत्रियहरूको नाश गर्दछौ?”

बुद्धको यो तर्कपूर्ण प्रश्नले दुवै पक्षलाई स्तब्ध बनायो र उनीहरूले आफ्नो गल्ती महसुस गरे । युद्ध ट¥यो र रगतको खोला बग्नबाट बच्यो। यो घटनाले बुद्धले द्वन्द्व समाधानका लागि केवल शान्तिपूर्ण संवाद मात्र होइन, बरु मानव जीवनको मूल्यलाई प्राथमिकता दिने नैतिक दर्शनलाई पनि कसरी उपयोग गरे भन्ने देखाउँछ ।

रोहिणी नदीसँग सम्बन्धित सुत्त र जातक कथाहरू
रोहिणी नदीको पानी विवाद समाधानपछि बुद्धले शाक्य र कोलिय दुवै राज्यका २५०–२५० जना सैनिकहरूलाई भिक्षु बनाए । उनीहरूलाई शान्ति, अहिंसा र निर्वाणको मार्गमा अग्रसर गराउनका लागि बुद्धले विभिन्न सुत्त र जातक कथाहरूको देशना गरे ।

१. रोहिणी सुत्त
अंगुत्तर निकायमा संकलित रोहिणी सुत्त द्वन्द्व समाधानपछिको आध्यात्मिक मार्गको प्रतीक हो । यस सुत्तमा बुद्धले रोहिणी नदीको उदाहरण दिँदै भनेका छन् ।

“यथा हि रोहिणी नदी समुद्दं पत्थिता याति, एवं सीलसम्पन्नो समाधिस्मिं पतिट्ठितो, पञ्ञाय पज्जोतो निब्बाणं फुसती ।”
अर्थात्, “जसरी रोहिणी नदी समुद्रतर्फ बग्छ, त्यसरी नै शील सम्पन्न व्यक्ति समाधिमा स्थिर हुन्छ र प्रज्ञाद्वारा प्रकाशित भएर निर्वाण प्राप्त गर्छ ।”

यस सुत्तले मानव जीवनको लक्ष्य भौतिक लाभ मात्र नभई शील (नैतिक आचरण), समाधि (ध्यान) र प्रज्ञा (ज्ञान) को मार्ग हुँदै निर्वाण प्राप्त गर्नु हो भन्ने सन्देश दिन्छ । नदीले जसरी हजारौँ अवरोधहरूलाई पार गर्दै आफ्नो गन्तव्यमा पुग्छ, त्यसरी नै मानिसले पनि लोभ, द्वेष र अज्ञानताका अवरोधहरूलाई पार गरेर निर्वाणको यात्रा गर्नुपर्छ ।

२. अत्तदण्ड सुत्त
रोहिणी नदीको किनारमा नै बुद्धले ५०० युवा सैनिकहरूलाई अत्तदण्ड सुत्त (सुत्तनिपात) को देशना गराएका हुन् । यस सुत्तमा बुद्धले ‘अत्तदण्ड’ (हतियार) को प्रतीकात्मक प्रयोग गर्दै देशना गरेका थिए । उनले वास्तविक हतियार बाहिरी होइन, बरु मानिसको मनभित्र रहेको क्रोध, द्वेष र हिंसा हो भनी सम्झाएका थिए ।

“येन सल्लेन अतिण्डो, दिसा सब्बा द्यिावन्ति । तमेव सल्लं अव्वुटह न, धावति न सीदति ।”
अर्थात्, “तृष्णारूपी बाणले बिझिरहेको व्यक्ति सबै दिशाहरूमा भागदौड गर्छ । तर, त्यो बाण निकाल्नासाथ ऊ न दौडिन्छ न बस्छ ।” यसले द्वन्द्वको मूल कारण बाह्य वस्तुहरू नभई मानिसको मनभित्रको तृष्णा र लोभ हो भन्ने कुरा स्पष्ट पार्छ । यो सुत्तले आत्मनियन्त्रण, अहिंसा र विवेकको महत्वलाई जोड दिन्छ । बाहिरी हतियार मात्रै तल राखेर हुँदैन, मनभित्रको हिंसात्मक विचार (क्रोध, ईष्र्या र घृणा) लाई पनि त्याग्नुपर्छ ।

३. महासमय सुत्त
रोहिणी नदी विवादपछि भिक्षु बनेका ५०० युवाहरूले विपश्यना गरेर अर्हत्त्व प्राप्त गरे । त्यसपछि उनीहरू कपिलवस्तुको महावनमा बुद्धसँग भेला हुँदा महासमय सुत्तको देशना भयो । यस सुत्तमा दश हजार चक्रवाल (ब्रह्माण्ड) बाट आएका देवताहरू, यक्षहरू, नागहरू र ब्रह्माहरूले बुद्धको दर्शन गर्न र उहाँको प्रशंसा गर्न महासम्मेलन गरेको वर्णन छ ।

यस सुत्तले युद्ध, द्वन्द्व र विभाजनको सट्टा सबै प्राणीहरू (देवता, मानव र अन्य जीवहरू) एकै ठाउँमा शान्ति र सद्भावका साथ भेला भएको देखाएर विश्वव्यापी भाइचाराको सन्देश दिएको छ । यसले शत्रुतालाई त्यागेर सहअस्तित्वको मार्गमा लाग्नुपर्ने र द्वन्द्वको मूल कारण लोभ, मोह र घृणाको अन्त्य गर्न मनलाई शुद्ध पार्नुपर्ने शिक्षा दिन्छ ।

४. सम्मापरिब्बाजनीय सुत्त
बुद्धले कपिलवस्तुको महावनमा सम्मापरिब्बाजनीय सुत्तको देशना गरे, जसले “सही परिभ्रमण” बारे प्रष्ट पारेको छ । यस सुत्तमा बुद्धले लोभ, द्वेष र अज्ञानबाट मुक्त भएर धर्मप्रचार गर्ने भिक्षुहरूको महत्वबारे वर्णन गरेका छन् । यस सुत्तले भिक्षुहरूलाई भौतिक संसारको लोभ र आकांक्षाबाट टाढा रहेर समाजसेवा र धर्मदेशनामा सक्रिय रहन प्रेरित गर्छ । यसको मूल सन्देश द्वन्द्व निवारणका लागि तृष्णाको अन्त्य गर्नु पर्दछ किनकि तृष्णा नै सबै द्वन्द्वहरूको मुख्य कारण हो ।

५. कलह विवाद सुत्त
यस सुत्तमा बुद्धले देवताहरूलाई प्रश्नोत्तरका माध्यमबाट कलह र विवादको कारण बताएका छन् । बुद्धका अनुसार, कलहको मुख्य कारण अतिप्रेम (आवश्यकताभन्दा बढी आसक्ति) हो । मानिसमा रहेको लोभ, घमण्ड, कुरौटे बानी र शंकाले विवादलाई बढाउँछ ।

मन पर्ने र मन नपर्ने कुराहरूको उत्पत्ति इच्छाका कारण हुन्छ र इच्छाले गर्दा नै मानिस वस्तुप्रति आकर्षित हुन्छ । यस सुत्तले द्वन्द्वबाट मुक्ति पाउन मनको शुद्धता, सही ज्ञान र स्पर्शका कारण उत्पन्न हुने आशक्तिहरूको अन्त्यमा जोड दिन्छ ।

दिगो शान्तिका लागि बुद्धको सन्देश
रोहिणी नदीको पानी विवाद र त्यससँग सम्बन्धित सुत्तहरूले बुद्धको द्वन्द्व समाधानका सन्देशलाई तीन मुख्य तहमा व्याख्या गर्दछन् । पहिलो सन्देश भनेको मानवीय मूल्यको प्राथमिकता हो । बुद्धले भौतिक लाभभन्दा मानवीय जीवनको मूल्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिए ।

दोस्रो सन्देश भनेको बाह्य द्वन्द्वको आन्तरिक कारण हो । बुद्धले द्वन्द्वको वास्तविक कारण बाह्य वस्तु नभई मानिसको मनभित्र रहेको राग, द्वेष र मोह हो भनी स्पष्ट पारे । अत्तदण्ड सुत्तले बाहिरी हतियारभन्दा मनको हिंसालाई नियन्त्रण गर्नु महत्वपूर्ण छ भन्ने कुरामा जोड दिएको छ ।

तेस्रो भनेको शान्तिको लागि आध्यात्मिक मार्ग हो । रोहिणी नदीको किनारमा बुद्धले दिएका शिक्षा र सुत्तहरूले शान्तिको लागि आध्यात्मिक जीवन महत्वपूर्ण हुने कुरा बताएको छ । यसले आत्मनियन्त्रण, करुणा, सामूहिक सद्भाव र सहिष्णुताको महत्वलाई उजागर गरेको छ ।

महासमय सुत्तमा देवता, यक्ष र नागहरूजस्ता परम्परागत शत्रुहरू एकै ठाउँमा भेला भएको दृश्यले “शत्रुता” को भावनालाई परास्त गर्न सकिन्छ भन्ने उदाहरणसहित सहअस्तित्वको सन्देश दिएको छ ।

रोहिणी नदीको घटना एक ऐतिहासिक उदाहरण मात्र नभएर आधुनिक समाजका लागि पनि एक महत्वपूर्ण पाठ हो । आजको विश्वमा प्राकृतिक स्रोतको बाँडफाँड, राजनीतिक विचारधारा र अन्य स्वार्थका कारण द्वन्द्वहरू उत्पन्न भइरहेका छन् ।

यस सन्दर्भमा बुद्धको सन्देश आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ । अतः बुद्धले देखाएको शान्तिपूर्ण संवाद, आत्मशुद्धि र करुणाको मार्गले मात्र दिगो शान्ति र सद्भाव स्थापना गर्न सकिन्छ । यस प्रकार रोहिणी नदी बुद्धका अनेक शिक्षाहरूमध्ये एक महत्वपूर्ण शिक्षाको साक्षी हो । रोहिणी नदी आज पनि उसैगरी बगिरहेको छ, जसले हाम्रो मनभित्रको तृष्णा र क्रोधलाई नजितेसम्म कुनैपनि बाह्य द्वन्द्वको स्थायी समाधान सम्भव छैन भन्ने बुद्धको सन्देशलाई स्मरण गराइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?