Butwal Today

एकै दिनमा अम्बाको औसत मूल्य २६ रुपैयाँले बढ्यो

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं,७ असोज ।
स्थानीय बजारमा अम्बाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार अम्बाको मूल्य बढेको देखिएको हो ।

मंगलबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म र औसत ९२ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने थोकमा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँमा कारोबार भएको थियो । त्यसबेला औसत मूल्य ६६ रुपैयाँ कायम थियो ।

सोमबारको तुलनामा मंगलबार अम्बाको औसत मूल्य प्रतिकिलो २६ रुपैयाँले बढेको हो ।

भदौ दोस्रो सातामा अम्बा प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १८० रुपैयाँसम्म र औसत १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै साउन तेस्रो सातामा भने प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म र औसत २३३ रुपैयाँ कायम भएको थियो ।