Butwal Today

कारागारबाट फरार भएका २ अमेरिकी नागरिक सीआईबीले पक्राउ

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

कारागारबाट फरार भएका बाल यौन दुराचार तथा जबर्जस्ती करणीका अभियुक्त दुई अमेरिकी नागरिक पक्राउ परेका छन् ।

कास्कीको कारागारबाट फरार भएका एक जना र केन्द्रीय कारागारबाट भागेका एक जना गरी दुवैलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीको आदेश अनुसार बाल यौन दुराचारको अभियोगमा कैद भुक्तान गरिरहेका मिचेल नोर्मान टेलर र जिल्ला अदालत काठमाडौँको आदेश अनुसार जबर्जस्ती करणीका अभियुक्त जोन्सन लोयड मुडीलाई सीआईबीले सोमबार काठमाडौँको महाराजगन्जबाट फेला पारेको हो ।

भदौ २४ गते दुवै कारागारबाट फरार भएका थिए । सीआईबीका डीएसपी धर्मराज भण्डारीका अनुसार, दुवैलाई सम्बन्धित कारागारमा फिर्ता बुझाउने तयारी भइरहेको छ ।