© २०२३
काठमान्डौ, ६ असोज ।
सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढाएको छ ।
यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था थियो । तर, सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् समयावधि बढाएर नवीकरणको अन्तिम मिति असोज मसान्त कायम गरिएको संशोधित नियमावली आधिकारिक राजपत्रमा प्रकाशित भइसकेको छ ।
‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।