Butwal Today

गायक करण चौधरीको नयाँ गीत ‘तु मवर छैली हो’ सार्वजनिक

६ आश्विन २०८२, सोमबार
अ+
अ-

नेपालगञ्ज, ६ असोज ।

चर्चित गायक करण चौधरीको नयाँ गीत ‘तु मवर छैली हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राप्ती सोनारी–३ भगौतीपुर निवासी गायक करण चौधरीले आफ्नै शब्द र स्वरमा प्रस्तुत गरेको गीतलाई आज दिउँसो ३ बजे आर के सी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सिम्रन परियारसँग युगल स्वरमा रहेको यस गीतको म्युजिक भिडियोमा मोडल प्रिन्स चौधरी र सगुन शाहीको आकर्षक अभिनय देख्न सकिन्छ । राप्ती सोनारीकै विभिन्न क्षेत्रमा छायांकन गरिएको भिडियोको नृत्य निर्देशन नवराज सुवेदीले गरेका हुन् ।

यसैगरी छायांकन र सम्पादन रामु चौधरी र उनकी टिमले गरेका छन् भने सह–निर्देशन अर्मान सेख र मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गायक करण चौधरीले यसअघि पनि ‘दिल दी वाना हुईनु मै टुहार प्यार म’, ‘आइ मिस यु महिन कहो ना’ लगायत करिब दुई दर्जन बढी चर्चित थारु गीत र केही नेपाली गीत पनि सार्वजनिक गरिसकेका छन् ।

दशैंको अवसर पारेर घटस्थापनाको दिन सार्वजनिक गरिएको ‘तु मवर छैली हो’ म्युजिक भिडियोले दर्शक–श्रोतामाझ नयाँपन र रमाइलो अनुभव दिने विश्वास लिइएको छ ।