© २०२३
बुटवल, ६ असोज ।
रुपन्देहीमा सम्पन्न २३ औं लिस्नु कप २०८२ प्रतियोगिताको उपाधिका फर्साटिकर एफसीले चुमेको छ । आईतबार भएको फाईनल खेलमा अञ्चलपुर युवा क्लब सिद्धार्थनगरलाई ६–४ को अन्तरले पराजित गर्दै फर्साटिकर विजेता बनेको हो । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँबाट पुरस्कृत भयो ।
उपविजेता अंचलपुर भने नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्रमा चित्त बुझायो । यशोदा फुड्स प्रालिको मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिकाको सहप्रयोजन तथा लिस्नु युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलको सुरुवाती चरणमै अञ्चलपुरले आक्रामक रणनीति अपनाउँदै लगातार ४ गोल गर्दै खेललाई आफ्नो पक्षमा तानेको थियो ।

फर्साटिकरका खेलाडीहरुले खेलमा फर्कदै जित निकाल्न सफल भयो । यसैगरि प्रतियोगितामा फर्साटिकरका बिशाल लामा सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद २५ हजार, फर्साटिकरकै सुभान्कर क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित हुदै नगद १२ हजार ५ सय, फर्साटिकरकै निरज चौधरी र भैरहवाका उज्वल राई सर्वाधिक गोलकर्ता घोषित हुदै नगद १२ हजार ५ सय, लिस्नुका युगल थापा राइजिङ खेलाडी घोषित हुर्दै नगद १२ हजार ५ सय रुपैयाबाट पुरस्कृत भएको खेल संयोजक पदमबहादुर थापाले बताए ।
भदौ १४ देखी शुरु भएको प्रतियोगितामा रुपन्देही, कपिलबस्तु र नवलपरासीका गरि १२ वटा टिमको सहभागिता रहेको थियो ।