© २०२३
सुर्खेत, ६ असोज ।
सुर्खेतमा ट्रक र बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको ज्यान गएको छ ।
भेरीगंगा नगरपालिकास्थित पाडुलेमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा करिब २२ वर्षीय एक युवकको ज्यान गएको हो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनको पहिचान भने खुलेको छैन ।
बुढथापाका अनुसार, आज दिउँसो १२ः४५ बजेतिर छिन्चु–धुलियाविट सडक खण्डमा ना ५ ख ५६०८ नम्बरको ट्रक र लु ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अछामका १८ वर्षीय दमन शाही घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।