© 2026
काठमाडौं, ६ असोज ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरूको शपथका लागि आज दिउँसो २ बजेको समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेको समाचार सार्वजनिक भएको छ । यद्यपि, स्रोतका अनुसार यी नामहरूमा केही थपघट हुन सक्ने सम्भावना पनि रहेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । हाल सरकारले तीन जना मात्र मन्त्रीहरू समेटेको छ ।