© 2026
काठमान्डौ, ६ असोज ।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेको समाचार सार्वजनिक भएको छ । तर, अन्तिम चरणमा यी नाममा केही हेरफेर हुन सक्ने स्रोतहरूले जनाएका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन मन्त्री मात्र रहेका छन् ।