Butwal Today

नेपाल साफ १७ वर्षमुनिको फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ६ असोज ।

नेपाल साफ १७ वर्षमुनिको फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो बेलुकी सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल अन्तिम चारमा पुगेको हो ।

दुई खेलमै विजय हासिल गरेको बङ्गलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । समूह चरणमा बङ्गलादेशले नेपाललाई पनि ४–० गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा भइरहेको प्रतियोगिता आगामी असोज ११ गते शनिबारसम्म चल्नेछ ।