Butwal Today

मन्त्री खरेलको पहिलो निर्णय : ५ महिनाभित्र १० सहरमा नि:शुल्क इन्टरनेट

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, ६ असोज ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमै यो व्यवस्था लागू गर्ने निर्देशन दिएका हुन् । पदभार ग्रहणका क्रममा मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्ने सुझाव दिएका थिए ।

निर्णय अनुसार काठमाडौँ बाहिरका प्रमुख १० सहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।