Butwal Today

सञ्चारमन्त्रीले पहिलो निर्णयमा गरेनन् हस्ताक्षर

६ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौं, ६ असोज ।

नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई फर्काएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोह सकेर मन्त्री खरेल मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए ।

उनी पदभार ग्रहणसँगै कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पेश गरेका थिए । तर, मन्त्री खरेलले केही फरक निर्णय बनाएर पुनः ल्याउन आग्रह गरे ।

“तयार गरेको भन्दा केही फरक निर्णयका लागि मेरो अनुरोध छ,” मन्त्री खरेलले भने ।